पोखरा २० को मुहार फेर्ने नेता विन्दु कुमार थापा:  स्थानीय

पाेखरा | कात्तिक १९, २०७९

पोखरा २० को मुहार फेर्ने नेता विन्दु कुमार थापा:  स्थानीय


पोखरा  । शनिबार पोखरा २० मा मतदाता भेटघाट गर्न पुगेका विन्दु कुमार थापालाई स्थानीय अनिल कुमार रानाले भने पोखरा २० को मुहार फेर्ने नेता तपाई नै हुनुहुन्छ । हिजो निर्वाचित भएपछि पोखरा २० का धेरै ठाउँमा तपाईले बजेट विनियोजन गर्नुभएको छ । अब आशा पनि तपाईमा नै छ । उनले भने,‘हामी त जनता हौं । हामीलाई सामान्य आधारभूत आवश्यकता परिपूर्ति गरिदिए पनि हुन्छ । सपना बाढ्ने पूरा नगर्ने नेता धेरै भेटियो । तर काम गर्ने नेताका रुपमा विन्दु कुमार थापा पाइयो । विगत ५ वर्षमा पोखरा २० लाई बनाउन उहाँले थुप्रै योजना हाल्नुभएको छ । हाम्रो मत उहाँलाई नै हो ।’ 


थापा २०७४ सालको निर्वाचनमा कास्की २(२) बाट नै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित अघि नै उनको प्रतिबद्धता थियो सरकारबाट प्राप्त तलबभत्ता सुविधा केही नलिने, विकासका काममा खटिने । पाँच वर्ष कार्याकाल उनको सामाजिक सेवामा नै बित्यो भन्दा फरक नपर्ला । 


पोखरा २० का स्थानीयको आशा विन्दुमा नै छ । भन्छन्,‘हामीले हाम्रो समस्या जसले काम गर्छ उसलाई नै सुुनाउने हो । विन्दुजीले हिजो पनि राम्रै काम गर्नुभयो । अब पनि आशा उहाँमा नै छ ।’ 
साबिक ७ नम्बर वडाको पाखाको बाटोलाई प्राथामिकता दिन मतदाताको थापालाई आग्रह छ  । देविडाँडा बाट देउरालीको बाटो निर्माण गर्नुपर्ने र टोलटोलमा ट्रयाक खोल्नपर्ने समस्यालाई समाधान गर्न उनीहरुले अपिल गरेका छन् । पोखरा २० लाई महानगरको झल्को हुने गरी काम गर्नुपर्ने भनाई स्थानीयको छ  । 


स्थानीयको समस्या सुन्दै नेपाली काँग्रेस बाट कास्की २(२) मा गठबन्धनका साझा उम्मेदवार विन्दु कुमार थापाले पोखरा २० का हरेक समस्याका विषयमा आफु जानकार रहेको र निर्वाचित भएपश्चात योजनाहरुलाई क्रमबद्ध रुपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 


‘२०७४ मा निर्वाचित भएपश्चात यहाँहरुका समस्यालाई समाधान गर्ने बाटोमा अग्रसर भएकै हो । अब पनि नहुने कुरा हुँदैन । पोखरा २० का हर नागरिकको सुखदुखको साथी बन्दै समस्याको समाधान गर्ने बाटोमा लाग्नेछु ।’, उनले भने । 


उनले सिर्सेखोला खानेपानी योजनालाई पूर्णता दिने गरी आफु लाग्ने बताए  । दलीत समुदायको क्रियापुत्री भवनका लागि केही पैसा गण्डकी सरकारबाट विनियोजन भएको र आगामी समयमा पनि गर्ने उल्लेख गरे  । खोरा देखि गौतम गाउँसम्मको सिँडी बाटो निर्माणमा आफ्नो ध्यान पुगेको अभिव्यक्ति उनको थियो । 

 
निर्वाचित भएपछि संघ र महानगरसँग समन्वय गर्दै अगाडि पोखरा २० को मुहार फेर्न लाग्ने प्रण उनले गरेका छन् । आफु काम गर्नको लागि सरकारमा जाने र योजनाबद्ध हिसाबले क्रमबद्ध रुपमा विकासका आयोजनालाई पूरा गर्ने भनाई उनको छ । 


 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्